विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनीको शिकार बनेको भाटभटेनी सुपर मार्केट विराटनगर–६ मा सोमबार जलेको अवस्थामा एक शव फेला परेको छ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार शव दोस्रो तल्लामा फेला परेको हो। जलेको अवस्थामा भएका कारण अहिलेको लागि शवको पहिचान खुल्न सकेको छैन।
गत भदौ २४ गते अराजक समूहले भाटभटेनीमा आगजनी गरी ठूलो क्षति पुर्याएको थियो। कर्मचारीहरूले सुपर मार्केट सरसफाइ गर्ने क्रममा शव फेला पारेका हुन्।
यसअघि शुक्रबार धरान शाखामा चार जनाको शव फेला परेको थियो।
गत मंगलबार कोशी प्रदेशका पाँचवटा भाटभटेनी स्टोरमध्ये विराटनगर, धरान, दमक र बिर्तामोडमा आगजनी र लुटपाट भएको थियो। इटहरीको शाखा भने स्थानीयको सुरक्षा प्रयासमा सुरक्षित रह्यो।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया