काठमाडौं । जेनजी आन्दोलनका क्रममा अराजक समूहले क्षति पुर्याएको ललितपुर च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा सोमबार सबैभन्दा ठूलो पार्टी झण्डा फहराइएको छ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र यससँग आबद्ध करिब सय नेता–कार्यकर्ताले हँसिया–हथौडाको आकृतिमा ४५/४५ फिट आकारको झण्डा राखेका हुन्। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार यो अहिलेसम्मकै सबैभन्दा ठूलो पार्टी झण्डा हो।
झण्डा बिहान ११ बजे भवनको पूर्वतर्फ राखिएको थियो र वरिपरि सजावट गरी सबैले देख्न सक्ने गरी प्रदर्शन गरिएको थियो। आगजनीबाट क्षतिग्रस्त भवनको तेस्रो तलामा पनि झण्डा टाँगिएको छ।
झण्डा फहराएपछि जिफन्ट टोलीले पार्टी महासचिव शंकर पोखरेलको घरको सरसफाइ पनि गरेको छ। अध्यक्ष श्रेष्ठका अनुसार जलेका, फुटेका र तोडफोड भएका सामग्री करिब तीन घण्टामा सफा गरिएको थियो।
उनले थपे, अन्य पार्टी नेताका घर र पार्टी कार्यालयहरूमा पनि यस्तै सरसफाइ अभियान क्रमशः सञ्चालन गरिनेछ।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया