काठमाडाैं । भीमफेदी गाउँपालिका-२ भैसेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ बस्ने ४१ वर्षीय वीर बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौँडातर्फ आउँदै गरेको बा.२ ख ३२१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १२ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक वीर बहादुरलाई पक्राउ गरेको हो ।

advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com