काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको पार्टी मुख्यालय अवलोकनका लागि मंगलबार पेरिसडाँडा पुगेका छन्।
भदौ २३ र २४ गते भएको आन्दोलनपछि नेपाली सेनाको सुरक्षा घेराभित्र रहेका प्रचण्ड आजैदेखि नियमित पार्टी गतिविधिमा फर्किएका हुन्। आन्दोलन उग्र बनेपछि सेनाले उनलाई सिंहदरबारबाट उद्धार गरी सुरक्षा प्रदान गरेको थियो।
उक्त आन्दोलनका क्रममा २३ भदौमा नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरीले दमन गर्दा १९ जनाको मृत्यु भएको थियो। सो घटनाको भोलिपल्ट प्रचण्डले विपक्षी दलको बैठक सिंहदरबारमै आयोजना गरेका थिए।
स्थिति क्रमशः सामान्य बन्दै गएपछि प्रचण्ड पार्टी काममा सक्रिय भएका हुन्। मंगलबार उनले ध्वस्त कार्यालय अवलोकन गर्दै संघर्षका बीचमा पनि संगठनलाई व्यवस्थित ढंगले अघि बढाउने संकेत दिएका छन्।
प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया