काठमाडौं । सेनाको सुरक्षा घेराभित्र रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार कोटेश्वरस्थित पेरिसडाँडा पार्टी कार्यालय पुगे। भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी भएर खण्डहर बनेको भवन उनले प्रत्यक्ष अवलोकन गरे।

कार्यालयको निरीक्षणपछि अध्यक्ष प्रचण्डले अहिलेभन्दा भव्य स्वरूपमा नयाँ पार्टी भवन निर्माण गरिने घोषणा गरे। उनले भने,  क्षति त भयो, तर अब देशभित्र र बाहिर रहेका सम्पूर्ण पार्टी सदस्यहरूको सहयोगमा भव्य कार्यालय भवन निर्माण गरिनेछ।

advertisement

आगलागीका क्रममा पार्टीका महत्वपूर्ण माइन्युट, केही अभिलेख तथा पुस्तकालय जोगिएको जानकारी पनि उनले दिए।  कार्यालयका सबै कोठा, मजदुर र वाइसिएलको कक्ष अवलोकन गर्दा ठूलो क्षति भएको देखियो। तर माइन्युट र केही रेकर्ड जोगिएको सुनेँ। त्यसका लागि त्यहाँ कार्यरत साथीहरूलाई धन्यवाद दिन चाहन्छु,  प्रचण्डले भने।

उनका अनुसार कम्प्युटर र पुस्तकालयसमेत आंशिक रूपमा सुरक्षित छन्। अहिले पार्टी कार्यकर्ताहरू सफाइ अभियानमा जुटेका छन् र केही दिनमै भवनको केही हिस्सा व्यवस्थित गर्न सकिएको उनले उल्लेख गरे।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com