काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा आफूबाट भएका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गरेका छन्।

संविधान दिवसको अवसरमा सन्देश जारी गर्दै उनले विगतका निर्णय र कार्यहरूको गम्भीर समीक्षा हुने उल्लेख गर्दै व्यक्तिगत रूपमा पनि आत्मालोचना गरेका हुन्।

advertisement

पौडेलले भनेका छन्, ‘विगतमा नेकपा ९एमाले० ले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुनेछ। व्यक्तिगत रूपमा आफ्नोतर्फबाट भएका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गर्दछु।’

उनले जेन९जी आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनीको निन्दा गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। पौडेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारबाट शान्ति, सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चालिने अपेक्षा व्यक्त गरेका छन्।

उनले तोकिएको मितिमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने र आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

‘जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोसलाई बुझ्न नसक्नु र भ्रष्टाचार नियन्त्रणमा असफल हुनु नै जेन(जी आन्दोलनको मुख्य कारण हो’ उनले भनेका छन् । तर आन्दोलनका क्रममा भएको हिंसा पनि त्यत्तिकै निन्दनीय रहेको उनले बताएका छन् ।

उनले संविधानको रक्षा, प्रयोग र विकासका लागि सबै नेपालीले योगदान दिनुपर्नेमा जोड दिँदै आपसी सद्भाव र एकताका साथ समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढ्न सकिने विश्वास व्यक्त गरेका छन्।

 

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com