काठमाडौं । काठमाडौं महानगरले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काउन सुरु गरेको छ।
अल्फाबिटाका सञ्चालकले दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काउन लागिएको काठमाडौंका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।
अहिले कम्प्लेक्सका कर्मचारी र महानगरका नगरप्रहरीबीच वादविवाद भइरहेको छ । कर्मचारीहरुले डोजरले भत्काउन लागेपछि कर्मचारीहरु लाइन लागेर अगाडि उभिएका थिए । बालेनले भवनको विद्युत अवरुद्ध नहुने गरी भत्काउन निर्देशन दिएका छन् ।
प्रकाशित मिति: ९ भाद्र २०७९, बिहिबार
प्रतिक्रिया