काठमाडौँ । विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स ९यूएई० जाँदैछ ।

नेपाल क्रिकेट सङ्घ क्यानका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई प्रस्थानन गर्न लागेको हो ।

advertisement

टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । शुक्रबार नै यूएई जाने तयारीमा रहेको नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा रोकिएको हो । आइतबार भिसा पाएसँगै नेपाली टोली आज यूएई जाने भएको हो ।

नेपालले यूएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० शृङ्खला खेल्नेछ । नेपाली टिमको नेतृत्व रोहित पौडेलले गरेका छन् । पहिलो खेल असोज ११ गते हुनेछ भने दोस्रो खेल १३ र अन्तिम अर्थात् फाइनल १४ गते हुँदैछ ।

 

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com