काठमाडौं । काठमाडौं महानगरले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउ लागेको छ ।
अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर पठाएको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ ।
अर्केडमा हाल सुपरमार्केट सञ्चालन गरिएको छ । भवनको अण्डरग्राउण्ड बेसमेन्टमा बनाइएका संरचना भत्काउन डोजर लिएर नगर प्रहरी र ट्राफिक प्रहरीको टोली त्यहाँ पठाउन लागिएको महानगरले जनाएको छ ।
अहिले त्यहाँ अगाडि पार्किङमा राखिएका मोटरसाइकलहरू हटाउन थालिएको छ ।
प्रकाशित मिति: १३ भाद्र २०७९, सोमबार
प्रतिक्रिया