काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग सम्बन्धित विभिन्न अफवाह र हल्लालाई खण्डन गर्दै आफू विदेश भाग्ने कुरा केवल भ्रम भएको स्पष्ट पारेका छन्।

भक्तपुरको गुन्डुमा एमाले निकट युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भने, ‘म सुन्दैछु सरकार विभिन्न हल्ला फैलाइरहेको छ — पासपोर्ट रोक्ने, के ठानेको हो? के उनीहरूले हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं भनेर सोचेका हुन्?’

उनले थपे, ‘म यो देश बनाउने जिम्मेवारीमा छु। फेरि पनि देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउनेछौं, सुशासन, शान्ति र सुव्यवस्था स्थापना गर्नेछौं।’

ओलीको अभिव्यक्तिमा वर्तमान सरकारप्रति आलोचना र देशमा स्थायित्व र सुशासन फर्काउने प्रतिवद्धता दुवै देखिएको छ।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com