काठमाडौं । मेडिकल ब्यावसायी तथा अभियन्ता दुर्गा प्रसाईंले जेनजी आन्दोलनका क्रममा ज्यान जोगाइदिएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धन्यवाद दिएका छन्।
आन्दोलन गर्ने चर्चा चलाइरहेका सन्दर्भमा आइतबार पत्रकार सम्मेलन गरेका उनले जेनजी आन्दोलनमा सहभागी नहुनका लागि अपिल गरेर ज्यान जोगाउन बालेनले सहयोग गरेको बताएका हुन्।
बालेनसँग असन्तुष्टी पोखिरहेका उनले भने,‘आन्दोलनमा म गएको भए त प्रहरीले पक्राउ गर्ने रहेछ। बालेनलाई धन्यवाद छ।’
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया