काठमाडौं । गत महाधिवेशनपछि विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुनः एकीकरणको तयारीमा लागेको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच मंगलबार एकता सम्भावनाबारे भेटवार्ता भएको हो।

काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा भएको छलफलमा पार्टी एकता र समान विचार भएका शक्तिहरूसँग सहकार्यका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ।

advertisement

राप्रपा नेपालले एकीकरण पहलका लागि नेता राजीव पराजुलीको नेतृत्वमा वार्ता समिति गठन गरेको छ, जसले यसअघि अध्यक्ष लिङ्देनसँग भेट गरी औपचारिक प्रस्ताव समेत दिएको थियो।

त्यसैगरी, नेता धवल शमशेर राणासँग पनि सकारात्मक संवाद अघि बढेसँगै दुबै पक्षबीच एकीकरण प्रक्रिया तीव्र बनेको बताइएको छ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com