काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन निर्वाचन एकमात्र विकल्प भएको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले आगामी फागुन २१ को निर्वाचनमा जान कांग्रेसले सबै राजनीति दल र नागरिक समाजलगायतलाई एकतावद्ध बनाउनुपर्ने बताए ।

advertisement

‘यतिबेला कांग्रेस आन्तरिक रुपान्तरणको चरणमा छ भने सँगै देशलाई सही दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ, मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो, त्यही कारण कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ,’ उनले भने ।

उनले जेनजी आन्दोलनपछि सरकार मात्र बदलिएकाले निर्वाचनमार्फत बन्ने प्रतिनिधिसभाले आवश्यक संविधान संशोधन गरेर जेनजीको जायज माग पूरा गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com