काठमाडौं । जेनजी आन्दोलनको मौका पारेर इलाका प्रहरी कार्यालय (इप्रका) बिर्तामोडबाट फरार भएका थुनुवामध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिर्तामोड-८ का ३३ वर्षीय सरोज पौडेल र सोही ठाउँका २५ वर्षीय पंकजराज मैनाली रहेका छन्। लागुऔषध कसुरमा अनुसन्धानका क्रममा रहेका उनीहरू गत भदौ २४ गते भएको जेनजी आन्दोलनका बेला इप्रका बिर्तामोडको हिरासतबाट फरार भएका थिए।

advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार, बिहीबार बिहान करिब ८ बजे अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले फरार थुनुवाहरूलाई उनीहरूको घरबाटै पक्राउ गरेको थियो। पक्राउ परेका दुवैजनालाई इप्रका बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्मरण रहोस्, जेनजी आन्दोलनका क्रममा बिर्तामोड र दमक प्रहरीको हिरासतबाट कुल ९२ जना थुनुवा फरार भएका थिए। पछिल्लो पक्राउसहित हालसम्म जम्मा सात जना थुनुवा मात्र नियन्त्रणमा आएका छन्। अन्य ८५ जना थुनुवा भने विगत दुई महिनादेखि अझै फरार रहेका छन्।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com