काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन गरेको छ।

पार्टीले एक सूचना जारी गर्दै पूर्व निर्धारित मितिलाई तीन दिन पछाडि सारेको हो।

advertisement

पहिले २०८२ मंसिर १ गते सोमबार दिउँसो २:०० बजेका लागि तय गरिएको बैठक अब मंसिर ४ गते बिहीबार दिउँसो २:०० बजे बस्ने गरी नयाँ मिति तोकिएको छ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा नै बस्नेछ।

उक्त बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको पार्टी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com