काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आग्रह गरेका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उनले पार्टी पंक्ति र देशले एकताको महाधिवेशन चाहेको धारणा राखेका हुन् ।

advertisement

कसैले प्रतिस्पर्धा गर्नुहुन्छ भने पनि स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा बैठकमा छलफल भएको छ, उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

उनका अनुसार, ओलीले प्रतिस्पर्धामा पराजित भएपछि पार्टी छाड्ने गरेको बताएका थिए । उनले आफू भने आठौँ महाधिवेशनमा पराजित भए पनि पार्टी एकताका लागि लागेको र माधव नेपाल, भीम रावलसहितका नेताले पार्टी छोडेको बताएका थिए ।

माधव नेपाल, भीम रावलजस्तो स्थिति नबनोस् । स्वस्थ प्रतिस्पर्धा गरौँ । त्यसले फरक पार्दैन । तर, आन्दोलनको आवश्यकता सहकार्यका साथ अघि बढ्ने हो भन्ने कुरा व्यक्त गर्नुभयो, ज्ञवालीले भने ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com