इन्डोनेसिया ।  इन्डोनेसियास्थित मागुवोहर्जो रङ्गशालामा आज नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपाल र इन्डोनेसियाबीचको यो दोस्रो खेल हो । यसअघि म्यान्माको मण्डलेमा भएको एएफसी ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा भेट भएको थियो । जसमा समूह ‘ए’मा रहेको नेपालले इन्डोनेसियालाई २–१ ले हराएको थियो ।

advertisement

नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले इन्डोनेसियाविरुद्धको खेलमा जित हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए । उनले भने, ‘नेपाली टोली शारीरिक र मानसिक दुवै रुपमा तयार छन् हामी जितका लागि खेल्नेछौँ ।’

नेपाली टोलीको कप्तान सावित्रा भण्डारी (साम्बा) यस त्रिदेशीय खेलमा उपस्थिति हुने छैनन् । ‘इन्जुरी’का कारण सावित्रा उपस्थित नभएपछि उनको स्थानमा आज रस्मीकुमारी घिसिङलाई खेलाउने प्रशिक्षक न्यौपानेले राससलाई जानकारी दिए ।

नेपाली टोलीका मुख्य प्रक्षिक्षक न्यौपानेको प्रशिक्षणमा गत महिना नेपाली महिला टोलीले भारतको सिलोङमा भएको त्रिदेशीय च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । जसमा नेपाल इरानसँग पराजय भोग्दा भारतलाई भने हराउँदै जित हासिल गरेको थियो ।

त्यसैगरी, नेपाली टोलीको कप्तानीको भूमिका भने अञ्जिला तुम्बापो (सुब्बा)ले गर्नेछिन् । उनले आफ्नो टोली मानसिक रुपमा तयार रहेकाले जित हालिस गर्ने बताए । आजदेखि सुरु भएको उक्त त्रिदेशीय खेलमा नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेइ सहभागी छन् । प्रतियोगिता यही मङ्सिर १६ गतेसम्म सञ्चालन हुनेछ ।

 

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com