काठमाडाैं । ३८ वर्षदेखि फरार रहेका डाँका चोरी मुद्दाका अभियुक्त बुद्धि बहादुर शाही पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार स्याङ्जा, पुतलीबजारका शाहीलाई मंगलबार विशेष अपरेशनमार्फत पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार शाहीलाई स्याङ्जा जिल्ला अदालतले २०३८ सालमा भएको डाँका चोरीसम्बन्धी घटनामा दोषी ठहर गर्दै आठ महिना चार दिन कैद सजाय तोकेको थियो। सोही सजाय कार्यान्वयन हुनुपर्ने अवस्थामा उनी २०३८/१०/१ देखि फरार रहँदै आएका थिए ।

advertisement

फरार रहेका शाहीलाई पछिल्लो तथ्य–अनुसन्धान तथा निगरानीका आधारमा पुथिविज्ञा नगरपालिका–८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उनलाई आवश्यक कारबाहीका लागि स्याङ्जा जिल्ला कारागार चलान गरिएको छ ।

    स्राेत- नेपाल प्रहरी

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com