एजेन्सी। अक्टुबर ७ २०२३ मा गाजापट्टीमा इजरायलले आक्रमण सुरु गरेयता अहिलेसम्म मारिने प्यालेस्टिनीको संख्या ७० हजारभन्दा धेरै रहेको गाजापट्टी स्थिती प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ । घटनामा १ लाख ७० हजारभन्दा धेरै घाइते भएको प्यालेस्टिनी पक्षले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गत महिना हमास र इजरायलबीच वार्ता भएर युद्धविराम घोषणा भएपनि इजरायलले यो सहमति कार्यान्वयन गरेको छैन ।
शनिबार इजरायलले दक्षिणी गाजाको बानी सुहेइलामा ड्रोन हमला गर्दा दुई बालबालिकाको निधन भएको छ । हमलामा घाइते भएपछि उनीहरुलाई नासर मेडिकल कप्लेक्स लगिएको थियो र त्यहाँ मृत घोषणा गरियो । शनिबारै विभिन्न इलाकामा स्थल सेनाले पनि आक्रमण गरेको थियो ।
गाजा सरकारका सञ्चार निर्देशक इस्माइल अल थावाब्ताले गत महिना युद्धविराम भएयता इजरायली सेनाले ४ सय ३५ पटक यसको उल्लंघन गरिसकेको बताए । ‘गाजाको मानवीय अवस्था निकै खराब छ । यहाँ इजरायलीहरुले पूर्वाधार र महत्वपूर्ण सेवाहरु ध्वस्त गरेका छन् ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार












प्रतिक्रिया