काठमाडौं । विराटनगरबाट सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेता ताजिम अन्सारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीले भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयमा भएको क्षतिको अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ।

मोरङ प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार पक्राउ पर्नेहरूमा विराटनगर–१० का ३७ वर्षीय ताजिम अन्सारी, सोही वडाका ३२ वर्षीय राजीव यादव, वडा ३ का ४१ वर्षीय महेश नेपाल, वडा ५ का २६ वर्षीय आवाज पौडेल, वडा ६ का ५५ वर्षीय बलराम कामत र वडा ११ का २९ वर्षीय अरुण साह रहेका छन्।

advertisement

पक्राउ परेका अन्सारी तत्कालीन माओवादी र हाल नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेता हुन्। उनी अमनलाल मोदी सामान्य प्रशासन मन्त्री हुँदा स्वकीय सचिवका रूपमा काम गरेका थिए। प्रहरीका अनुसार अन्सारीकै नेतृत्वमा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मंसिर १४ गते आइतबार राति उनीहरूलाई उनीहरुकै घरबाट पक्राउ गरिएको हो। मोरङ जिल्ला अदालतले ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ। यसअघिदेखि हालसम्म सरकारी कार्यालयमाथि भएको तोडफोड र आगजनी प्रकरणमा ३१ जना पक्राउ परि­sकेका छन्।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com