काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) इतिहासमा हालसम्म तीन शतक मात्रै प्रहार भएका छन्। तेस्रो शतक पोखरा एभेन्जर्सका एडम रोसिङ्टनको नाममा दर्ज भएको छ। राजधानीमा जारी दोस्रो संस्करणको एनपिएलमा एडमले आज कर्णाली याक्सका विरूद्ध शतक हिर्काए। उनी ५८ बलमा १०८ रनमा अविजित रहे।

यससँगै एडम जारी सिजनमा शतक प्रहार गर्ने दोस्रो खेलाडीसमेत बने। यसअघि कर्णाली याक्सका मार्क वाटले मात्रै शतक जोड्न सकेका थिए। वाटले मङ्सिर ६ गते लुम्बिनी लायन्सविरुद्धको खेलमा वाटले शतक प्रहार गरेका थिए। उनले ४१ बलमा ६ चौका र १० छक्कासहित शतक पूरा गरेका थिए। उक्त खेलमा वाट ४४ बल खेल्दै १२ छक्का र छ चौका हिर्काउँदै ११४ रनमा अविजित रहे।

advertisement

गत वर्ष सम्पन्न पहिलो संस्करणमा पोखराका आन्द्रेस गोउस मात्रै शतक हिर्काउने खेलाडी थिए। उनले लुम्बिनीविरुद्ध शतक प्रहार गर्दै १०४ रन बनाएका थिए। हालसम्म शतक हिर्काउने सबै विदेशी खेलाडी रहेका छन्। एडम रोसिङटन इङ्ग्ल्याण्ड, मार्क वाट स्कटल्याण्ड, आन्द्रिज गोउस अमेरिकी खेलाडी हुन्।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com