काठमाडौं । काठमाडौँ महानगरपालिका ६ तिनचुलीबाट स्रोत नखुलेको १८ लाख १६ हजार रुपैयाँसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका १ घर भइ हाल आरुबारी बस्ने वर्ष १९ को दावा शेर्पा रहेका छन्।

advertisement

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार यही मंसिर १४ गते तिनचुलीस्थित भारतको तारानगर राजस्थान घर भएको वर्ष ३८ को दीपक केजरीवाल (भारतीय पासपोर्ट नम्बर जेड६६१०३८५४ं) को कोठा चेकजाँच गर्ने क्रममा सो कोठाबाट १८ लाख १६ हजार पाँच सय, मोबाइल फोन थान-२, चेक बुक थान २ फेला परेको थियो।

उक्त सामानसहित दावा शेर्पालाई नियन्त्रणमा लिइ म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com