काठमाडौं ।  शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत हास्यपद शैलीमा आफूले फेसबुक र युट्युबबाट पैसा कमाउन नसकेको गुनासो सार्वजनिक गरेका छन्।

बिहीबार फेसबुक स्टाटसमा उनले लेखे, “जागिर खाइएन, व्यापार गरिएन, फेसबुक र युट्युबले पनि पत्याएन।” उनले केही महिनाअघि फेसबुक र युट्युबबाट आम्दानी हुने सुनेर एक–एक भाइलाई सम्हाल्न लगाएर मोनेटाइजेसनको प्रयास गरेको बताए।

advertisement

तर चार महिनासम्म पनि “दुई–तीन सय रुपैयाँसमेत नझरेको” भन्दै उनले व्यङ्ग्य गरेका छन्। “नुन, तेल, साबुन चलेला कि भनेर गरिएको प्रयासबाट पकेट खर्च पनि आएन,” मन्त्री पुनको टिप्पणी छ।

आफूजस्तै ‘ढंग नहुने मान्छे’ ले कसरी जीवन चलाउँला भन्ने प्रश्न उठाउँदै पुनले हँसिलो तरिकाले सामाजिक सञ्जालमा आफ्नो अनुभव शेयर गरेका हुन्।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com