काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले ऊर्जामन्त्री कुलमान घिसिङप्रति सामाजिक सञ्जालमार्फत व्यंग्य गर्दै टिप्पणी गरेका छन्। आफू विभिन्न जिल्लामा जाँदा पटक–पटक विद्युत् काटिएको उल्लेख गर्दै उनले कुलमानले एमसिसीलाई खुसी पार्न बत्ती काटेजस्तो व्यवहार गरेको दाबी गरेका छन्।
सामाजिक सञ्जालमा साम्पाङले लेखे,भोजपुर गएँ—लाइन काटिदिनु भो, ताम्लिङ (ताप्लेजुङ) गएँ—लाइन काटिदिनु भो, संखुवासभा गएँ—त्यहाँ पनि काटिदिनु भो। अब हेटौंडा जाँदैछु, त्यहाँ पनि काटिदिनु है! उनले व्यंग्य गर्दै थपे, एमसिसीलाई खुसी बनाउनु, प्रभुशक्तिलाई खुसी पार्नु।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया