​काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा-काठमाडौं सम्पर्क बिभागले मंसिर १७ गते पार्टीको केन्द्रीय कार्यालय, घण्टीघरमा आगामी निर्वाचनमा सहभागि हुने सम्बन्धमा रणनीतिक छलफल कार्यक्रम सम्पन्न गरेको छ।

​कार्यक्रममा पार्टीका केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य एलिजा गुरुङ, केन्द्रीय संगठन बिभाग सचिव शंकर श्रेष्ठ, गोरखा-काठमाडौं सम्पर्क बिभागका प्रमुख साजन लामिछाने, पालुङटार-काठमाडौं सम्पर्क बिभागका प्रमुख गणेश अम्गाईं लगायत अन्य सम्पर्क बिभाग तथा नगर एवं पालिका सम्पर्क बिभागका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु र गोरखाको भूगोलमा पदिय जिम्मेवारीमा रहेका व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

advertisement

​छलफलमा गोरखाको वर्तमान राजनीतिक गतिविधि, स्थानीय स्तरमा संगठन विस्तार, राजनीतिक रणनीति र निकट भविष्यमा हुन गइरहेको संघीय आमनिर्वाचनको तयारीका सम्बन्धमा सामूहिक रायसुझाव सहितको गहन विमर्श गरेका थिए।

​यसै क्रममा सहभागीहरूले जनमुखी, मिलनसार, क्षमतावान र शान्त स्वभावका केन्द्रीय महामन्त्री बुर्लाकोटीलाई गोरखा जिल्लामा आफ्नो घुमघाम बढाउनु पर्ने र स्थानीय जनताको माग रहेको भन्दै सुझाव दिएका थिए।

महामन्त्री बुर्लाकोटीले आफू जिल्ला भ्रमणमा गइरहेको र अब पनि छिट्टै जाने बताए । साथै, पार्टीको महामन्त्रीको रूपमा देशव्यापी जिम्मेवारी रहेको बताएका छन् ।

 

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com