काठमाडौं । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा दिएको घोषणा गरेकी छिन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्।

हेटौडामा भइरहेको सडक विस्तारको विरोधस्वरूप राजीनामा दिएको श्रेष्ठले बताएकी छन्। सडक विस्तारका नाममा सरकारले बल प्रयोग गरेको र मानव अधिकार उल्लंघन भएको आरोप पनि उनले लगाएकी छन्।

advertisement

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, आजदेखि म उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा गर्छु। मेरो नैतिकताले अनुमति नदिएकोले म हेटौडा पीडितहरूको साथमा छु।

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com