काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमिततासम्बन्धी एक विस्तृत अनुसन्धानपछि पाँच पूर्वमन्त्रीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आइतबार दायर गरेको आरोपपत्र अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य र तत्कालीन अर्थमन्त्री डा. रामशरण महत मुख्य प्रतिवादी छन्।

advertisement

त्यसैगरी, तत्कालीन पर्यटन मन्त्री स्व. पोष्टबहादुर बोगटीको मृत्यु भइसकेकोले बिगो असुलको प्रयोजनका लागि उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी कायम गरिएको छ।

अख्तियारका अनुसार, विमानस्थल निर्माणको ठेक्का प्रक्रियामा अस्वाभाविक रूपमा लागत बढाई करिब ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ राज्यलाई क्षति पुर्‍याइएको छ।

यस प्रकरणमा मन्त्रीहरू मात्र नभई तत्कालीन सचिवहरू – सुशिल घिमिरे, सुरेशमान श्रेष्ठ, रन्जनकृष्ण अर्याल –, नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरू र चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिसहित कुल ५५ जनाविरुद्ध समेत मुद्दा दायर गरिएको छ।

 

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com