काठमाडौं । काठमाडौंमा सार्वजनिक यातायातमा अनावश्यक ढंगले हस्तक्षेप गरेको आरोपमा ५६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार आइतबार बिहान करिब ११:३० बजे उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा प्रहरी वृत्त गोँगबुबाट खटिएको संयुक्त टोलीले नयाँ बसपार्क क्षेत्र आसपास सार्वजनिक यातायातमा झाेला तान्ने, यात्रु झार्ने तथा शंकास्पद गतिविधि गरिरहेका ५६ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
प्रहरीका सूचना अधिकारी पवनकुमार भट्टका अनुसार पक्राउ परेकाहरूले सामान्य सेवा-सुविधा प्रभावित पार्ने गरी सार्वजनिक सवारी सञ्चालनमा अवरोध सिर्जना गर्दै यात्रुलाई गन्तव्य नपुग्दै झार्ने जस्ता क्रियाकलाप गरिरहेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार













प्रतिक्रिया