काठमाण्डाै । काठमाण्डाैकाे गोठाटारमा गएकाे असोज ३ गते सर्लाहीका व्यापारी लाल माेहम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरिएको छ ।

आज शुक्रवार प्रहरी परिसर काठमाण्डाैले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका तीन जनालाई सार्वजनिक गरेको हो । काठमाण्डाैकाे गाेठाटारमा गएकाे असोज ३ गते गोली हानी हत्या गर्न सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ गरेका तीनै जना २१ वर्षमुनिका रहेका जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले बताए। गोली हानी हत्या गर्न सहयोग गर्ने तीन जनामध्ये एक जना महिला छिन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ का २१ वर्षीया मोहम्मद महारम मियाँ, १९ वर्षका रेहान मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान रहेका एसएसपी बाेहराले बताउनुभयो । पक्राउ पर्नेमध्ये महारम र रेहानले लाल माेहम्मदकाे हत्या गर्नका लागि वीरगञ्जबाट हतियार व्यवस्थापन गर्ने काम गरेको अनुसन्धानले देखाएको उनले जानकारी दिए ।

एसएसपी बोहराले पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको दैनिक गतिविधिको निगरानी गर्ने काममा भूमिका खेलेको पाइएको जानकारी दिए । उहाँले पक्राउ परेका व्यक्तिहरूले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको र घटनामा अन्य केही व्यक्ति पनि संलग्न रहेको खुलेको बताए ।

एसएसपी बोहराले अहिलेसम्म घटनाको अन्तिम विन्दु कहाँसम्म पुग्छ भन्ने निष्कर्ष ननिस्किएको बताए । घटनाकाे वास्तविकतासम्म पुग्न समय लाग्ने उनको भनाइ छ।

 

प्रकाशित मिति: १४ आश्विन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com