काठमाडाैं । बर्दियाको राजापुरमा दाङका नीरज चौधरीको हत्या प्रकरणमा संलग्न भएको आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले उनलाई कैलाली गाउँपालिका–५, बैजपुरबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका महावीर चौधरी दाङका कांग्रेस नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका सहोदर भाइ भएको खुलेकाे छ।
बर्दियाको राजापुरस्थित हमार थारू रेष्टुरेन्टमा नीरज चौधरीमाथि गोली प्रहार भएको घटनापछि उपचारका लागि नेपालगञ्ज पु¥याइएको थियो।
इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी कवीन्द्रसिंह बोहराका अनुसार कैलाली प्रहरीको समन्वयमा महावीरलाई पक्राउ गरिएको हो। प्रहरीले उनको साथबाट एक थान पेस्तोल बरामद भएको बताएको छ, तर उक्त हतियार हत्या प्रकरणसँग प्रत्यक्ष रूपमा जोडिएको छ/छैन भन्ने पुष्टि हुन बाँकी छ।
महावीरले घटनास्थलबाट नीरज चौधरीको मोटरसाइकल लिएर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया