काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। पार्टीभित्र देखिएका पछिल्ला विवाद र संगठनात्मक जटिलताबारे छलफल गर्न कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित सभापति देउवा निवास पुगेका हुन्।

भेटमा क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नगरी फारमहरू जिल्ला–जिल्लामा पठाएको विषयमा गम्भीर आपत्ति जनाउँदै कोइरालाले यसले पार्टी संगठनमा देशव्यापी समस्या सिर्जना गरेको बताए। उनले विना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ, क्रमसंख्या सहितका फारम पठाउन निर्देशन दिन सभापति देउवासँग आग्रह गरे।

advertisement

कोइरालाले क्रमसंख्या नभएका फारमका आधारमा महाधिवेशनको प्रक्रिया नै सुरु गर्न नसकिने तर्क गर्दै यस विषयमा तुरुन्त स्पष्ट निर्णय आवश्यक रहेको उल्लेख गरे।

त्यसैगरी, केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीप्रति ध्यानाकर्षण गराउँदै कोइरालाले सबै प्रकारका कारबाही फुकुवा गरी पार्टीलाई महाधिवेशन र आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा अघि बढाउनुपर्ने धारणा राखे। २०७९ सालको निर्वाचनमा गठबन्धन गर्ने विषयलाई लिएर अहिले कारबाही गर्नु उचित नभएको उनको भनाइ थियो।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com