काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले घरघरमा बत्ती पुगेजस्तै किसानको खेतखेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको बताएका छन् ।

पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुनेगरी खेतखेतमा विद्युतीकरण गरेर लागत घटाउनुपर्ने बताए ।

advertisement

विकासको नाममा जथाभाबी लगानी गरिएको उल्लेख गर्दै उनले विकासलाई प्राथमिकताका आधारमा अगाडि नबढाई भ्यूटावरजस्ता क्षेत्रमा अर्बौं रुपैयाँको लगानीले देश समृद्ध नबनने उल्लेख गरे ।

यसैबीच पश्चिम नवलपरासीको विभिन्न ठाउँमा निर्माणाधीन अधुरा आयोजनाको अवलोकन गर्दै मन्त्री घिसिङले समयमै काम सम्पन्न गर्न निर्देशनसमेत दिए ।

प्रतापपुर गाउँपालिका–७ गुठ्ठीसूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको अवलोकन गर्दै उनले टर्वाइनलगायत उपकरण छिट्टै मर्मत गराई विद्युत् उत्पादन बढाउन निर्देशन दिए । मन्त्री घिसिङले भने, ‘समृद्ध देश बनाउन र सुशासन कायम गर्न नेतृत्वको सही चयन गर्नुपर्छ ।’

उज्यालो नेपाल पार्टीले एउटा क्षेत्र मात्र नभई समग्र क्षेत्रलाई समेटेर नेपाललाई उज्यालो बनाउने मन्त्री घिसिङको भनाइ थियो ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com