काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनारसँगको भेटमा आफू राजनीतिमा प्रवेश गरिसकेको र नयाँ पार्टीहरूको साथ–सहयोग आवश्यक रहेको बताएका छन्।

भेटका क्रममा मेयर साहले ‘म राजनीतिमा आएको छु, तपाईंहरूको साथ–सहयोग के छ ?’ भनेर प्रश्न गरेको अध्यक्ष सुनारले जानकारी दिए।

advertisement

अध्यक्ष सुनारका अनुसार भेटमा जेन–जी समूहले उठाउँदै आएको भ्रष्टाचारविरोधी र सुशासनसम्बन्धी एजेन्डालाई प्राथमिकतामा राख्दै नयाँ पार्टीहरू एकजुट भएर अघि बढ्नुपर्ने विषयमा छलफल भएको थियो। सो विषयमा मेयर बालेन साह सकारात्मक देखिएको उनले बताए।

‘नयाँ पार्टीहरू एक भएर अगाडि बढ्ने विषयमा मेयर बालेन सकारात्मक देखिनुभएको छ,’ अध्यक्ष सुनारले भने।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com