काठमाडौं । जेनजीको माग बेवास्ता गर्दै निर्वाचन केन्द्रीत सुशीला कार्की नेतृत्वको सरकारको राजीनामाको माग गर्दै जेनजीको एक समूहले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा राँके जुलुस प्रदर्शन गरेको छ।

संयुक्त जेनजी आन्दोलनका केही जेनजी युवाहरूले सरकारविरुद्ध नाराबाजी गर्दै राँके जुलुस निकालेका हुन्। यसैबीच, निकोलस भुसालको अनसन भने जारी रहेको छ।

advertisement

जेनजीका सुनिल सिंहका अनुसार प्रहरीले आफूहरूलाई पक्राउ नगरे पनि धरपकड गरेको बताए। सिंह सहित अजय सोडारी, प्रकाश रावल, अर्जुनजंग मल्ल, सुसिल बुढाथोकी, वीरजंग विक लगायतको टोलीले राँके जुलुसमा सहभागिता जनाएका थिए।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com