काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीच आज भेटवार्ता हुने भएको छ।

रास्वपा र बालेनले अगाडि सारेको देश विकास पार्टीबीच एकता प्रक्रिया निष्कर्षमा पुर्‍याउने उद्देश्यका साथ लामिछाने र साहबीच भेटवार्ता हुने रास्वपाका एक नेताले जानकारी दिएका छन्। सो नेताका अनुसार भेटवार्ता कहाँ र कुन समयमा हुने भन्ने टुंगो नभए पनि आजै निर्णयमा पुग्ने गरी वार्ता हुने बताइएको छ।

advertisement

सहकारीसम्बन्धी ठगी मुद्दामा धरौटीमा रिहा भएपछि लामिछाने वैकल्पिक शक्तिलाई एकताबद्ध गर्न सक्रिय भएका छन्। यसैगरी मेयर बालेन्द्र साहले पनि राजनीतिमा प्रवेश गर्ने घोषणा गरेपछि भेटघाटलाई तीव्र बनाएका छन्। लामिछाने र बालेनबीच यसअघि तीनपटक भेट भइसकेको छ।

अघिका भेटवार्तामा एकता गर्ने सैद्धान्तिक निर्णय भए पनि पार्टीभित्रको भूमिका, चुनावअघि उम्मेदवारको बाँडफाँड र चुनाव चिह्न जस्ता विषयमा अझै सहमति जुट्न सकेको छैन। यी विषयमा सहमति जुटाउन रास्वपाका दोस्रो तहका नेता र बालेनका प्रतिनिधिहरू शुक्रबार रातिसम्म छलफलमा थिए। दोस्रो तहका नेताहरूले एकताको मस्यौदा तयार पारे पनि मुख्य रूपमा बालेनको ‘ओके’ पाउन बाँकी छ।

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com