काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्नुअघि काठमाडौं महानगरपालिका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ।
बालेननिकट स्रोतका अनुसार सबै पक्षबीच सहमति जुटाउने प्रयास जारी छ र सम्भावित समझदारीमा हस्ताक्षर गर्नु अघि बालेन र कुलमानबीच प्रत्यक्ष छलफल हुने तय भएको हो। स्रोतले हालै सहमतिमा हस्ताक्षर हुन्छ वा हुँदैन भन्ने विषयमा यकिन भइनसकेको जानकारी दिएको छ।
यसैबीच, शुक्रबार राति मेयर बालेन शाह आफ्ना सल्लाहकार कुमार बेन, भूपदेव शाह, केपी खनाललगायतसँग गोदावरीमा छलफलमा बसेका थिए। उक्त भेटघाटलाई आगामी संवाद र सहमतिको तयारीका रूपमा हेरिएको छ।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया