काठमाडौं । ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पुनः छलफलमा जुटेका छन् । शनिबार (पुस १२) बेलुका काठमाडौंको बालुवाटारस्थित एक घरमा उनीहरू वार्तामा बसेका बालेननिकट स्रोतले जानकारी दिएको छ ।
शनिबार बिहानै पनि उनीहरूबीच भेटवार्ता भएको थियो । उनीहरूले पार्टी एकता, सहकार्य वा चुनावी गठबन्धनको कसरत गरेका छन् । यसैलाई टुंगोमा पुर्याउन उनीहरूले पटक–पटक छलफल गरेका छन्
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया