काठमाडौ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेर चर्चामा आएका सागर ढकालले हतारमा रवि, कुलमान र बालेनलाई समेट्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा त्रुटी भएको बताएका छन्।

ढकालले फेसबुक स्ट्याटस लेख्दै सबैलाई मिलाउने क्रममा गल्ती भएको र त्यसलाई सच्याउने प्रक्रिया चलिरहेको उल्लेख गरेका छन्। उनका अनुसार अहिले पनि सुधार गर्न सकिने अवस्था बाँकी छ।

advertisement

“हामी गल्ती नगर्ने होइनौँ, गल्ती गर्छौँ। तर गल्ती थाहा पाएपछि सुधार्नुपर्छ,” उनले लेखेका छन्। “आशा छ, कुलमान, रवि र बालेनले समानुपातिक सूचीबारे जनताले उठाएको आवाज सुन्नुहुनेछ र आवश्यक सुधार गर्नुहुनेछ। मैले पनि सुन्ने ठाउँमा यो कुरा पुर्‍याउने प्रयास गर्छु।”

उनले ‘नयाँ’ भनेर अन्धाधुन्ध विश्वास नगर्न नागरिकहरूलाई आग्रह गरेका छन्।

“यदि प्रश्न नै नसोध्ने हो भने बालेन, कुलमान र रवि पनि ओली, प्रचण्ड र देउवा बन्न धेरै समय लाग्दैन,” ढकालले लेखेका छन्। “प्रश्न नगर्ने र मौन भक्ति गर्ने संस्कृतिले देश बन्दैन—नयाँ हुन् वा पुराना। सबै मिलेर जनताको आवाज सुन्ने, जवाफदेही हुने हो भने मात्रै देश बन्छ।”

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com