काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमका अनुसार प्रतिलिटर पेट्रोल रु. ४, डिजेल/मट्टितेल प्रतिलिटर रु. ५ ले घटाइएको छ ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार












प्रतिक्रिया