काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य १ हजार ४०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मुल्य २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार













प्रतिक्रिया