काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । तीन घण्टा लामो यो वार्ता बिहान ११ बजेदेखि सुरु भएको थियो ।

बालुवाटार स्रोतका अनुसार मुख्य रूपमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित छलफल भएको थियो ।

advertisement

वार्ताको क्रममा अध्यक्ष ओलीले एमाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुपर्ने अडानमा रहेको र त्यसका लागि पूर्ण रूपमा तयार रहेको जानकारी प्रधानमन्त्री कार्कीलाई गराएका थिए ।

निर्वाचनको मिति नजिकिँदै गर्दा सरकार र एमालेबीचको यो उच्चस्तरीय छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com