काठमाडौं । चुनाव निकास होइन् भन्दै सर्वपक्षीय सहमतिबाट संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने अडानसहित जेनजी समूहले माइतीघर मण्डलामा सशक्त आन्दोलन गर्ने चेतावनी दिँदै अनिश्चितकालिन धर्ना बसेको छ।

३० भन्दा बढी जेन–जी समूहको संयुक्त जेन–जी आन्दोलनको नेतृत्व गरिरहेका मिराज ढुंगानासहितको समूहले जेनजीका माग पूरा नभएसम्म माइतीघर नछाड्ने घोषणा गरेको हो।

advertisement

संयुक्त जेन–जी आन्दोलन परिचालन समितिका आन्दोलन कमाण्डर सुनिल सिंहले जेन–जीको माग सम्बोधन नगरी कुनै पनि हालतमा निर्वाचन स्वीकार्य नहुने चेतावनी दिएका छन्। उनि भन्छन्, “सर्वपक्षीय सहमतिबाट सरकार गठन गरी संविधान संशोधन गर्दै जेन–जीका माग पूरा नगरेसम्म चुनाव हुन हुँदैन भन्ने हाम्रो स्पष्ट अडान हो। यही मागसहित आजदेखि माइतीघर नछाड्ने निर्णय गरेका छौँ।”

जेन–जी आन्दोलनले वर्तमान राजनीतिक प्रक्रिया मार्फत मुलुकको समस्या समाधान गर्न नसक्ने दाबी गर्दै सबै राजनीतिक शक्ति, नागरिक समाज र सरोकारवालाबीच व्यापक सहमति आवश्यक रहेको जनाएको छ।

संयुक्त जेनजी आन्दोलनले संविधान संशोधनमार्फत प्रणालीगत सुधार नगरेसम्म चुनावले समस्या थप जटिल बनाउने चेतावनीसमेत दिएको छ भने जेनजीको माग पूरा नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएको छ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com