काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र आज बिहान १० बजेदेखि सुरु हुँदैछ।

काठमाडौंको भृकुटीमण्डपमा आइतबार उद्घाटन भएको विशेष महाधिवेशनमा कुल २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएका छन्। दोस्रो विशेष महाधिवेशन सचिवालयका अनुसार प्रदेशगत, भातृ संगठन, शुभेच्छुक तथा जनसम्पर्क समितिबाट आएका प्रतिनिधिहरूले दर्ता गरेका हुन्।

advertisement

प्रदेशअनुसार दर्ता संख्या यस प्रकार रहेको छः कोसीबाट ४२५, मधेसबाट ४४६, वाग्मतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४ र सुदूरपश्चिमबाट १५८ प्रतिनिधि छन्। त्यस्तै, उपत्यकाबाट १७८ तथा भातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ प्रतिनिधिले नाम दर्ता गराएका छन्।

कांग्रेस महामन्त्री गगन थापाले विशेष महाधिवेशनले चाहेमा पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गर्न सक्ने बताएका छन्।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com