काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा हिजो उद्घाटन भएको महाधिवेशन अन्तर्गत आज बन्द सत्रको कार्यक्रम तय गरिएको छ।

महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार, भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने छ।

advertisement

बन्द सत्रको सुरुवातमा विशेष महाधिवेशनका लागि कार्यविधि बनाउने कार्यक्रम हुनेछ। त्यसपछि नौवटा समूहमा विभाजन गरी चारवटा मुख्य विषयमा नीति मन्थन गरिनेछ। चारवटा विषयमा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार, र समसामयिक विषयहरू समावेश छन्, जसमा विस्तृत छलफल हुनेछ।

नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने विषयमा गहिरो छलफल हुनेछ। नेतृत्व परिवर्तनको निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइनेछ।

सुभास पोखरेलका अनुसार नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान नपर्न सक्ने अनुमान छ।

यसैबीच, महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार, विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधि आज बिहान मात्रै आइपुगेका छन्, त्यसैले उनीहरूले बिहान ११ बजेसम्म दर्ता गर्न पाउने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com