काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा दुई महामन्त्रीले दुई-दुई वटा प्रस्ताव पेश गर्ने तय भएको छ।

आइतबारदेखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सोमबार बन्द सत्र सुरू हुँदैछ। बन्दसत्रमा दुई महामन्त्रीले चार वटा प्रस्ताव पेश गर्ने तय भएको उनी निकट एक नेताले बताए।

advertisement

महामन्त्री गगन थापाले राजनीतिक र नीति सम्बन्धि प्रस्ताव पेश गर्नेछन्। महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक र विधानसम्बन्धि प्रस्ताव पेश गर्ने तय भएको ती नेताले बताए।

त्यसपछि ९ वटा समूह निर्माण गरेर चारवटा विषयमाथि नीति मन्थन हुनेछ।

बिहान १० बजेदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरू हुँदै छ। स्रोतका अनुसार बन्दसत्रको कार्यविधि भने कानुन टिमले बनाउँदै छ।

बन्द सत्रको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने तय भएको छ। त्यसपछि विशेष महाधिवेशन आह्वान गर्दाका प्रस्तावहरू पेश गरिने छ। निर्वाचन समिति लगायतका समितिहरू पनि गठन हुने छ।

त्यसपछि महामन्त्री थापा र शर्माले आफ्ना प्रस्तावहरू राख्ने छन्। नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत छलफल हुनेछ। नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइनेछ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com