काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मुल्य एकैदिन तोलामा ३१५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया