काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छिन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल भएको हो । ।

आयोगले आजै रातिबाट निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । उक्त निर्णयबारे प्रधानमन्त्रीसहित सरकारी अधिकारीहरूलाई आयोगले ब्रिफिङ गरिरहेको हो ।

advertisement

कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित मन्त्री, नेपाल सरकारका मुख्यसचिव तथा गृह मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति थियो।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com