काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका विषयमा असहमति हुँदाहुँदै पनि पार्टी सम्पूर्ण रूपमा निर्वाचनमा सहभागी भएको बताएका छन्।

सोमबार धुम्वाराहीमा आयोजित कार्यक्रममा लिङ्देनले वर्तमान राज्य संरचना, निर्वाचन प्रणाली र नियुक्ति प्रणालीमा देखिएका समस्याहरू समाधान नगरी हुने निर्वाचनले निकास नदिने भएपनि मुलुक जवरजस्त चुनावतर्फ अघि बढिसकेकोले पार्टी पनि निर्वाचनमा होमिसकेको स्पष्ट पारे।

advertisement

उनले भने, “हामी प्रजातान्त्रिक दल भएकाले निर्वाचनमा सहभागी हुने र चुनावलाई आन्दोलनको अभिन्न अंगको रूपमा प्रयोग गर्नेछौँ। देशमा दिर्घकालिन शान्ति र स्थायित्वका लागि पूर्वराजा, राजनीतिक दल र नयाँ पुस्ताबीच नवीनतम समझदारी आवश्यक छ।”

अध्यक्ष लिङ्देनले अभिभावकीय संस्थाको रूपमा राजसंस्था आवश्यक रहेको र दुई तहको संरचनासहितको व्यवस्था हुनुपर्ने दोहोर्‍याए।

कार्यक्रममा उनले अधिवक्ता स्वागत नेपाललाई पार्टी प्रवेश गराएका छन्। राप्रपाले उनलाई झापा–२ बाट उम्मेदवारको रूपमा घोषणा समेत गरेको छ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com