काठमाडौं । मनाङ जिल्लामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता गराएका उम्मेदवारको उम्मेदवारी फिर्ता लिएका छन्।

मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका हुन्। एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङ उम्मेदवार दर्ता भएका थिए।

advertisement

यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट वर्तमान सांसद टेकबहादुर गुरुङ पुनः उम्मेदवार रहेका छन्। यसअघि पनि एमालेबाट पोल्देन छोपाङ गुरुङ नै उम्मेदवार थिए।

गत प्रतिनिधिसभा निर्वाचनमा मनाङमा तीन जना मात्र उम्मेदवार थिए। मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच भएको थियो। उक्त चुनावमा कांग्रेसका टेकबहादुर गुरुङले २ हजार ५७५ मत प्राप्त गर्दै विजयी भएका थिए भने एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार २४७ मत ल्याएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले ५ मत मात्र प्राप्त गरेको थियो।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com