जुम्ला । हिमपातसँगै बढेको जाडोले जुम्ला र माथिल्लो कर्णालीका जिल्लामा जनजीवन प्रभावित भएको छ। चिसोका कारण खानेपानीका पाइप फुट्न थालेका छन् र नागरिकलाई पिउने पानीको आपूर्ति अवरुद्ध भएको छ।

चन्दननाथ नगरपालिका निवासी सुनिता बुढाले भने, “हिउँदे याममा कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको छ।” जुम्लाको न्यूनतम तापक्रम हाल माइनस ०.७१ डिग्री सेल्सियसमा झरेको छ। जल तथा मौसम कार्यालयका प्रमुख आशामपूरा कार्कीका अनुसार, आगामी तीन दिनमा पनि चिसो बढ्ने सम्भावना रहेको छ।

advertisement

करिब २२ हजार नागरिकलाई खानेपानी सेवा दिने खलङ्गा खानेपानी उपभोक्ता समितिका अनुसार, जाडोका कारण सेवा प्रभावित भएको छ।

तर, हिमपातले किसानलाई राहत पनि दिएको छ। यस वर्षको पहिलो हिउँ माघ महिनाको दोस्रो सातामा परेपछि हिउँदे बाली राम्रो हुने अपेक्षा गरिएको छ। तिला गाउँपालिका–१ का स्थानीयवासी लङ्क बुढाले भने, “हिउँ पर्दा स्याउको नयाँ बिरुवा रोप्न सजिलो भएको छ।” कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार, हिमपातले गहुँ, जौ, आलु लगायत हिउँदे बालीलाई फाइदा पुगेको छ।

हिमपातले रोकिएको हवाई सेवा आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। जाडोका कारण कठिनाइ भए पनि स्थानीयवासीहरू हिमाली दृश्यसँग फोटो र भिडियो खिच्न व्यस्त भएका छन्।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com